-तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ ।
-कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ ।
-सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला एक चिया चम्चा चिसो पानीमा मिसाएर सरासर ७ दिन सम्म खाँदा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानु हुँदैन ।
-जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ ।
-विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यति मात्र होइन तितेपातीलाई कूल पूजा -प्रेम्त कर्म आदिमा सकेत प्रयोग गरिन्छ ।
-युरिक एसिड भएकाहरूले बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउँदा तीन–चार दिनमै सन्चो हुन्छ ।
-तितेपातीको झोल ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ ।
-बोटबिरुवा अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच–सात लिटर पानीमा मिलाई ५–६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन् ।
यस्तै अन्य जडिवुटिसंग सम्बन्धित जानकारीका लागि पेजमा जोडिनुहोला है ।
https://www.facebook.com/supportrabi
No comments:
Post a Comment