2021-04-30

तितेपातीको यस्ता छन् फाइदाहरू

 

-तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ ।

-कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ ।
-सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला एक चिया चम्चा चिसो पानीमा मिसाएर सरासर ७ दिन सम्म खाँदा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानु हुँदैन ।
-जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ ।
-विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यति मात्र होइन तितेपातीलाई कूल पूजा -प्रेम्त कर्म आदिमा सकेत प्रयोग गरिन्छ ।
-युरिक एसिड भएकाहरूले बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउँदा तीन–चार दिनमै सन्चो हुन्छ ।
-तितेपातीको झोल ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ ।
-बोटबिरुवा अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच–सात लिटर पानीमा मिलाई ५–६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन् ।
यस्तै अन्य जडिवुटिसंग सम्बन्धित जानकारीका लागि पेजमा जोडिनुहोला है ।

https://www.facebook.com/supportrabi
फोटो विवरण उपलब्ध छैन।
५,६३६
पहुँच गरिएका मानिसहरू
२१८
Engagements
१६ साझाहरू
लाइक
टिप्पणी
साझा गर्नुहोस्

खानेपानी मन्त्री थापालाई पनि कोरोना

 वैशाख १७ : खानेपानी तथा सरसफाई मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

पीसीआर परीक्षणमा थापालाई कोरोना पोजेटिभ पुष्टि भएको हो। थापाले छोरीलाई कोरोना संक्रमण भएपछि बिहीबार पिसिआर परिक्षण्का लागि स्वाब दिएका थिए । 

कोरोनाको सामान्य लक्षण मात्र देखिएको थापाले काठमाडौं प्रेसलाई जानकारी दिए । 

2021-04-28

भेरी अस्पतालमा २८८ नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि

 १५ वैशाख, काठमाडौं । बाँकेको भेरी अस्पतालमा २८८ जनाको नमुना परीक्षण गर्दा २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार पछिल्लो ३६ घण्टामा गरिएको परीक्षणमा १३९ जना पुरुष र ९४ जना महिलामा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार कोरोना संक्रमण दर ८०.९ प्रतिशत हो ।

संक्रमण पुष्टिमा हुनेमा २०८ जना बाँकेका छन् भने १३ जना बर्दिया, २/२ जना कैलाली र दाङ तथा ८ जना अन्य जिल्लाका छन् ।

हालैका पोष्टहरु

तितेपातीको यस्ता छन् फाइदाहरू

  -तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ । -कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदा...

लोकप्रिय